थप २ हजार २३९ जनामा कोरोना पुष्टि, २० को मृत्यु

July 9, 2021 5:09 pm

काठमाण्डौ,असार २५
नेपालमा आज थप २ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ३१६ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ६ लाख ५२ हजार ८५९ जना संक्रमित भएकोमा ६ लाख १६ हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार ३४० पुगेको छ ।