
रत्ननगरको जमुनापुरमा वृक्षारोपण गरिएको छ । जमुनापुर हेल्प सोसाइटीको आयोजनामा ”स्वच्छ हावा सफा वातावरण यसको महत्त्व ,वृक्षारोपण गर्ने हरियाली बढाउने हाम्रो दायित्व” भन्ने नारा सहित वृक्षारोपण गरिएको हो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि बागमती प्रदेश सदस्य कृष्ण खनालले विरुवा रोप्न भन्दा पनि जोगाउनु महत्त्वपूर्ण रहेको भन्दै रोपीएका बिरुवाको संरक्षणमा पनि ध्यान दिन सचेत गराए ।
डिभिजन वन कार्यालय चितवन ,रत्ननगर वडा नम्बर १२ र रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सहयोगमा गरिएको वृक्षारोपणमा एक हजार भन्दा बढी बिरुवा रोपिएको हेल्प सोसाइटी संस्थाका आर्थिक ब्यबस्थापन समिति संयोजक शिवराम केसीले जानकारी दिए ।
कार्यक्रम संयोजक गोपि थापाको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा वडा अध्यक्ष वीर बहादुर पाख्रीन,डिभिजन कार्यालय चितवनकी सहायक वन अधिकृत अन्जना अधिकारी ,रत्ननगर खानेपानीका अध्यक्ष भीष्म राज पौडेल,सिंह नाथ गण जुटपानीका गणपति भाईकाजी थापा लगाएतले मन्तव्य राखेका थिए । २०६४ सालमा स्थापना भएको जमुनापुर हेल्प सोसाइटीले स्वास्थ्य शिवीर ,सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम ,विद्यालय पोशाक वितरण लगाएका कार्य गर्दै आएको संस्था का सचीव विनोद अधिकारीले बताए ।