नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरू

July 9, 2021 1:56 pm

काठमाडौ ।
नेकपा एमालेको कार्यदलको बैठक सिंहदरबारमा सुरू भएको छ ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलमा रहेकाहरू सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठकमा जुटेका हुन्। । पार्टीभित्र देखिएका विवाद समाधान गर्न पटकपटक कार्यदलको बैठक बसिरहेको छ। दिउँसो १ बजेदेखि बैठक जारी छ ।

हिजो बिहीबार पनि कार्यदलको बैठक बसेको थियो भने सहमति नजिक पुगेको नेताहरूले प्रतिक्रिया दिएका थिए।

नेता सुवास नेम्वाङले सहमति नजिक पुगेको बताए ।