रत्ननगर । राप्ती नगरपालिका वडा नं ३ प्रगतिटोलकी सुजिता भण्डारीको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न अखिल नेपाल महिला संघ जिल्ला कमिटी चितवनसहित पालिकास्तरका कमिटीहरुले संयुक्तरुपमा माग गरेका छन् ।
जिल्ला कमिटी कार्यबाहक अध्यक्ष विमला दुवाडी, भरतपुर महानगर कमिटी अध्यक्ष किरणकुमारी अधिकारी, राप्ती नगर कमिटी अध्यक्ष कौशिला थापा, खैरहनी नगर कमिटी अध्यक्ष मनकुमारी अधिकारी, रत्ननगर नगर कमिटी अध्यक्ष विरञ्जना सापकोटा, कालिका नगर कमिटी अध्यक्ष शारदा रेग्मी, माडी नगर कमिटी अध्यक्ष सीता तिमिल्सिना, इच्छाकामना गाउँ कमिटी अध्यक्ष रिता अर्यालले सयुक्तरुपमा विज्ञप्ति जारी गरी पछिल्लो समय बढ्दै गएको महिला हिंसाका घट्नाप्रति ध्यानकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा हालै चितवन राप्तीकी सुजिता भण्डारीको हत्यारालाई कारबाहीका साथै भरतपुर महानगर–१९, शारदानगरकी सविता भण्डारीको मृत्युको कारण पत्ता लगाउनसमेत माग गरिएको छ ।