
काठमाण्डौ,असार २४
नेपालमा आज थप १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २९ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार २८६ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ६ लाख ५१ हजार ३८० जना संक्रमित भएकोमा ६ लाख १५ हजार ६ सय १३ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ ।