लक्ष्मण सापकोटा/चितवन,असार २४
कालिका नगरपालिकाले ४९ जना कृषकलाई पुरस्कृत गरेको छ । नगरपालिकाले बिहीवार कार्यक्रमको आयोजना गरेर १० जना उत्कृष्ठ कृषक र दश हजार भन्दा बढी दुध उत्पादन गरि विक्री गर्ने ३९ जना सहित ४९ जना कृषकलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुने उत्कृष्ठ १० कृषकहरुमा च्याउ खेतीतर्फ फुलमाया वाइवा,प्रकाश पौडेल,इन्द्र बहादुर राई,यादव प्रसाद चौधरी मौरी पालनतर्फ कृष्ण प्रसाद देवकोटा,शिव प्रसाद शर्मा तरकारी खेतीतर्फ महेन्द्र प्रसाद पौडेल,चन्द्रध्वज तामाङ र केरा खेतीतर्फ नारायण प्रसाद पुडासैनी र नेत्र प्रसाद जैसी रहेका छन् । उत्कृष्ठ हुने १० जना कृषकलाई दोसल्सा,प्रमाणपत्र र १६ हजार रुपैयाँ नगद सहित सम्मान गरिएको नगरपालिकाका कृषी शाखा प्रमुख शिवराज पौडेलले जानकारी दिए ।
त्यस्तैगरी नगरपालिकाले वार्षिक दश हजार भन्दा बढि दुध उत्पादन गरि बिक्री गर्ने कृषकलाई पनि नगद र प्रमाण पत्र सहित सम्मान गरेको छ । पुरस्कृत हुनेमा बार्षिक सवैभन्दा धेरै ६८ हजार ४०० लिटर दुध उत्पादन गरि विक्री गर्ने कृषक नारायण गिरी सहित ३९ जना कृषक रहेको कृषी शाखा प्रमुख पौडेलले बताए । पुरस्कृत हुने कृषकलाई प्रमाण पत्र र ३३ हजार ३ सय ३३ रुपैयाँ नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले कृषकहरुलाई हौसला प्रदान होस भन्ने हेतुले पुरस्कृत गरिएको वताउदै धेरै भन्दा धेरै कृषकहरुलाई ब्यवसायीक वनाउन नगरपालिकाले काम गरिरहेको जानकारी दिए । श्रेष्ठले कृषकलाई आवश्यक परेको सहयोग गर्न नगरपालिका सधै तयार रहेको भन्दै कृषकलाई उत्पादन वृद्धिमा लाग्न आग्रह गरे । कार्यक्रममा बोल्दै सम्मानित हुने कृषकका तर्फबाट शिब प्रसाद शर्मा पौडेल र कोपीला दाहालले कृषकलाई प्रोत्साहन गर्दै सम्मान गरेकोमा नगरपालिकालाई धन्यबाद दिदै सम्मानले कृषी पेशामा लाग्न हौसला मिलेको बताए ।
सम्मान कार्यक्रममा नगरपालिकाकी उप-प्रमुख कमला भट्टराई,प्रमुख प्रशाशकिय अधिकृत अच्युतराज रेग्मी,आर्थिक विकास समितिका संयोजक डिल्लीराम दुवाडी, वडा नम्वर १ का अध्यक्ष लिला बहादुर गुरुङ,वडा नम्वर ३ का अध्यक्ष टिकाराज रिजाल,वडा नम्वर ४ का अध्यक्ष कृष्ण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।