चितवन,असार २४
चितवनमा पछिल्लो २४ घण्टामा १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ जनाको मृत्यु भएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १७ हजार ९९ जना कोरोना संक्रमित भएकोमा १५ हजार ४९१ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार ३१७ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २९१ पुगेको छ ।