
चितवन,असार २३
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले चितवनको राप्ती र खैरहनी नगरपालिकामा मानवअधिकारको अवस्थाबारे छलफल गरेको छ । मानिसको आधारभुत अधिकारलाई सुनिश्चित गर्न इन्सेकले पछिल्लो समय स्थानीय तहहरुसँग मिलेर सवैलाई शिक्षा,स्वास्थ्य,आवास लगायतको कुराहरुको सुविधा माग गर्दै आइरहेको छ । छलफलमा बोल्दै इन्सेक बागमति प्रदेशका संयोजक कृष्ण गौतमले देशमा राजनीतिक परिवर्तन भएपनि जनताको जीवनस्तर सुधार नहुँदा समस्या भइरहेको बताउँदै आफूहरुले आर्थिक सामाजिक सांस्कृति अधिकारका विषयमा आवाज उठाउँदै आएको जानकारी दिए । स्थानीय तहहरुले माटो र बाटो मात्रै विकास सम्झदा आफूहरुले ३५ वटा जिल्लाका ७० वटा स्थानीय तहमा कार्यक्रम गर्दै मानव अधिकारका विषयवारे आम नागरिकलाई थाहा हुनुपर्ने कुरालाई जोड दिँदै आएको अधिकारीले बताए ।
कार्यक्रममा राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले आगामी बर्षबाट नगरपालिकाले बजेट विनियोजन गर्नेगरी कार्यक्रम गर्ने वताइन भने खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले नगरवासीको आधारभूत आवश्यकतालाई पुरा गर्दै भौतिक, सामाजिक शैक्षिक स्वास्थ्य क्षेत्रमा पनि बजेट विनियोजन सहित काम गर्दै आएको जानकारी दिए ।
त्सस्तै,इन्सेकले खैरहनी नगरपालिकामा मानव अधिकार संरक्षण र सम्वद्र्धनका लागि मिडिया साझोदारी बैठक समेत सम्पन्न गरेको छ । कार्यक्रममा चितवन र मकवानपुरका पत्रकारहरुको उपस्थिती थियो । वैठकमा चितवनका पत्रकारले कोभिडका कारण पत्रकारितामा देखीएको चुनौतिको वारेमा आफ्नो भोगाइ राखेका थिए । देखा परेको र अनावश्यक विषय उचाल्ने युटुवका कारण पत्रकारहरुलाई समस्या पर्दै गएको बताउनुभएको थियो । कार्यक्रममा बोल्दै इन्सेक बागमती संयोजक कृष्ण गौतमले मानवअधिकारको क्षेत्रमा कार्यरत व्यक्तिहरु र पत्रकार दुवैजनावीच सहकार्य हुनुपर्ने बताए ।