सुजिता मृत्यु प्रकरण : प्रदर्शनले उग्र रूप लिएपछि गाउँ क्षेत्रको राजमार्गमा कर्फ्यू

July 6, 2021 9:52 pm

चितवन,असार २२
राप्ती नगरपालिकाकी सुजिता भण्डारीको घटनालाई लिएर स्थानियबासीले आन्दोलन जारी राख्दै राजमार्ग अवरुद्ध गराउन थालेपछि कर्फ्यु आदेश जारी गरिएको छ । आज साँझ ७ः३० बजेदेखि भोलि साँझ ७ः३० बजेसम्म लोथरपुल देखि डडुवाचोकसम्म राजमार्गको दायाँबायाँ ५०० मिटर कर्फ्यु जारी गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए। राप्ती नगरपालिकामा पर्ने पूर्व–पश्चिम राजमार्गमा स्थानीयले टायर बालेर प्रदर्शन गरेका थिए । सोही क्रममा केहीबेर झडप समेत भएको थियो । सो क्रममा ७ जना प्रहरी घाइते भएका छन । प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो ।