इन्धनको मूल्य फेरि बढ्यो

July 6, 2021 9:47 pm

काठमाडौं ।
नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले मंगलबार फेरि इन्धनको मूल्य बढाएको हो । गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ तोकेको छ । डिजेल र मटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन ९अन्तर्राष्ट्रिय० को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुरयाएको छ । खाना पकाउने ग्यासको मूल््य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ । गत वर्ष लकडाउनमा निगमले उच्च नाफा राखेर तेल बचेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको घट्दा मूल््य नघटाउने निगमले बढ्दा भने घाटा भएको कारण देखाउँदै लगातार मूल्य बढाइरहेको छ ।निगमले भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ । गत जेठ २२ गते निगमले पेट्रोल, डिजेल र मटितेल तथा हवाई इन्धनको साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो ।