
चितवन,असार २२
चितवनको राप्ती नगरपालिकामा स्थानीयवासीले पूर्वपश्चिम राजमार्गमा अवरोध गरेका छन । राप्ती नगरपालिका निवासी सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयले निष्पक्ष छानविनको माग गर्दै राजमार्ग टायर बालेर सडक अवरुद्ध गरेका हुन । उनिहरुले घटनामा संलग्नलाई पत्ता लगाई तत्काल पक्राउ गर्न माग गरेका छन ।