चितवनमा पछिल्लो २४ घण्टामा ११७ जनामा कोरोना पुष्टि,२ को मृत्यु

July 6, 2021 5:26 pm

चितवन,असार २२
चितवनमा पछिल्लो २४ घण्टामा ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १६ हजार ८६३ जना कोरोना संक्रमित भएकोमा १५ हजार ३०५ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार २७१ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २८७ पुगेको छ ।