थप २ हजार ६३४ जनामा कोरोना पुष्टि, १५ को मृत्यु

July 6, 2021 5:21 pm

काठमाण्डौ,असार २२
नेपालमा आज थप २ हजार ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १५ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ५६५ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ६ लाख ४८ हजार ८५ जना संक्रमित भएकोमा ६ लाख १२ हजार ९ सय ९४ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ ।