एमाले कार्यदलको बैठक बस्दै, पार्टी एकताका विषयमा छलफल केन्द्रित हुने

July 6, 2021 11:23 am

काठमाण्डौ
नेकपा एमाले विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दैछ । कार्यदलको बैठक सिंहदरबारमा दिउँसो एक बजे बस्ने तयारी छ ।

एमालेको आन्तरिक विवाद समाधानका लागि गठन गरिएको कार्यदलले अहिलेसम्म ठोस निष्कर्ष निकाल्न सकेको छैन । कार्यदलमा रहेका दुवै समूहका नेताहरुले एमालेको पार्टी एकताका लागि छलफल गर्दै आएका छन । यसअघि हिजो कार्यदललाई ब्युँताउँदै औपचारिक बैठक बसेको थियो । बैठकमा छलफल सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन ।

एमाले उपाध्यक्ष एवं कार्यदलका सदस्य भीम रावलले पार्टी एकता कायम राख्न सबैले प्रयास गर्ने र बैठकलाई निरन्तरता दिने सहमति भएको बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका २३ सदस्यलाई हिजो बेलुका पाँच बजेसम्म हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिए पनि हस्ताक्षर फिर्ता भएको छैन ।

गएको जेठ २ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समूहबाट पाँचरपाँच जना सदस्य सम्मिलित कार्यदल गठन गरिएको थियो ।