रामु आचार्य
२१ असार, कालिका
बाढीले ताण्डव नृत्य मच्चाय पछि कालिका नगरपालिका १० र ११ को जनजीवन कष्टकर बनेको छ । अनपेक्षित रुपमा आएको बाढीका कारण कालिका नगरपालिका १० र ११ का वासिन्दाहरु अचाम्वित बनेका छन् । अल्को स्थानमा रहेको सिद्धि स्थित तिन दोभानमा अचानक बाढी तथा पहिरो पसे संगै यहाका १८ घर पूर्ण रुपमा बगाएका छन् । आफुहरुले बर्षौं देखि बसोबास गर्दै आएको थातथलो बाढीले केहि पनि नराखी बगाए पछि के गर्ने तथा आगामी दिन कसरि गुजारा गर्ने भन्ने बारे आफुले केहि सोच्न नसकेको सनिता चेपाङ बताउछिन आफु छिमेकीकोमा धान रोपेर आए संगै बाढी उर्लिन थाले पछि उनि लगाएत उनका परिवार त जोगिन सफल भए तर गोठका दर्जन बाख्रा तथा कुखुरा भने जोगाउन नसकेको उनको भनाई थियो । उनि लगाएत उनको परिवार अहिले देवर देउरानिको घरमा शरण लिएर बस्नु परेको छ । सनिता चेपाङ त एक प्रतिनिधि पात्र मात्र हुन् , बाढीले वितण्डा मच्चाय संगै विस्तापित बनेका परिवारहरु अहिले कि आफन्त कि आफ्नै घर आसपासमा पाल टाँगेर बस्न बाध्य छन् ।
कालिकाको बाढी वितण्डाले करिव ४० घरमा पूर्ण क्षति साथै कयौं घरमा आंशिक क्षती पुगेको छ । कालिका नगरपालिकाको सो स्थानमा बाढी तथा पहिरोले वितण्डा मच्चाय संगै कालिका नगरपालिका का मेयर खुम नारायण श्रेष्ठ कालिका ११ तथा १० मा भेटिन थालेका छन् ।
मेयर श्रेष्ठले रत्ननगर अनलाइन संग भने ” प्राकृतिक प्रकोप ले ज जसलाई क्षति पुर्याएको छ, उहाहरुलाई पुर्नस्थापित गर्न कालिका नगरपालिका तयार छ ।” कालिकाको वासिन्दाको घाउमा मलहम लगाउन नेपाल सरकारका बिघटित संसदका कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्ण भक्त पोखरेलले आज बाढी तथा पहिरोले क्षति पुर्याएको सिद्धिका स्थानहरुमा अवलोकन गर्नुभएको थियो । उहाले भन्नु भयो “राज्य चेपाङ तथा बाढी पहिरोले आहत दिएको समग्र समुदायको पिडामा हातेमालो गर्न तयार छ” ।
कालिका नगरपालिको बाढी पहिरोले क्षति पुर्याएको स्थानमा डेक नेपाल, सपना भिलेज तथा अन्य संघ संस्थाहरु पनि राहत तथा अन्य सहयोगको लागि पुगेका छन् । पुर्नस्थापनाका लागि कालिका नगरपालिका संग सो संस्थाहरु पनि हातेमालो गर्न तयार रहेको उनीहरुको भनाई थियो ।