रत्ननगरको टोल विकास संस्थालाई कार्यविधि हस्तान्तरण

July 5, 2021 8:11 pm

रत्ननगर,असार २१
रत्ननगर नगरपालिका वडा नम्बर १२ को वडा कार्यालयले टोल विकास संस्थालाई संस्था संचालन कार्यविधि हस्तान्तरण गरेको छ । कार्यालयले वडामा रहेको २८ टोल विकास संस्थालाई संस्था संचालन कार्यविधि हस्तान्तरण गरेको हो । टोल विकास संस्थाको गठन,संचालन र कार्यविधि बारे अभिमुखीकरण कार्यक्रम आयोजना गरेर वडा कार्यालयले टोल विकास संस्थालाई कार्यविधि हस्तान्तरण गरेको वडा अध्यक्ष बिर बहादुर पाख्रीनले जानकारी दिए । वडा तहमा विकास निर्माणका हरेक काम गर्नका लागी टोल विकास संस्था संग जोडिनु पर्ने भएकोले टोल विकास संस्थालाई कार्यविधि बितरण गरिएको पाख्रीनले बताए । कार्यविधि संगै टोल विकास संचालनमा आवश्यक पर्ने स्टेसनरी पनि हस्तान्तरण गरिएको थियो । टोल विकास संस्थालाई ब्यवस्थीत गर्न स्थानीय सरकार संचालन ऎन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरेर नगरपालिकाले कार्यविधि बनाएको हो । कार्यक्रममा रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भीष्म राज पौडेल वडा सचीव महेस सुबेदी,टोल विकासको तर्फबाट अनिता अर्याल,निर्मला दंगाल ,चन्द्रकान्त पौडेल लगाएतको उपस्थिती रहेको थियो ।