चितवन,असार २१
चितवनको राप्ती घरबाटै बेपत्ता भएकी सुजिता भन्डारीको शव सामुदायिक वनमा फेला परेपछि स्थानीयले अवरोध गरेको पूर्व पश्चिम राजमार्ग सडक खुलेको छ । विहानै देखी अवरुद्ध सडक करिब नौ घण्टापछि खुलेको हो । मृतकका परिवारसँगको सहमति पछि स्थानीयले बिहानदेखी अवरुद्ध गरेको सडक साँझ खुलेको हो । सहमतिपछि सुजिताको शवलाई हाल पोष्ट मार्टमको लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।