
चितवन,असार २०
नारायणगढ मुग्लिन सडकखण्ड दुईतर्फी रुपमा संचालनमा आएको छ । सडकखण्ड अन्तर्गत सेती दोभानको पहिरो हटाएपछि सडक दुईतर्फी रुपमा सुचारु भएको हो । बिहान देखि पहिरो पन्छाउनलाई डोजर, ब्रेकर र जेसिबी प्रयोग गरी पहिरो पन्छाउने काम भएकोमा केही समय अगाडी पहिरो पन्छाएर सकिएपछि सवारी साधन दुई तर्फी सुचारू भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरी कार्यालयले हालसम्म पनि माथिबाट ढुङ्गा र पहिरो खसिरहेको हुँदा उक्त सडक प्रयोग गर्दा नारायणगढ मुग्लिङ सडक खण्डको जानकारी लिएर मात्र प्रयोग गर्न यात्रुलाई अनुरोध गरेको छ ।