काठमाडौ
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदसँग छलफल गरेका छन्। शनिबार छलफलपश्चात सांसदहरूले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता लिन नहुने निष्कर्ष निकालेको सांसद मेटमणि चौधरीले जानकारी दिए।
‘अध्यक्ष ओलीको अवैधानिक बैठकले गरेको निर्णय पनि अवैधानिक नै छ’, उनले भने, ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पार्टी एकता गर्न चाहिरहेका छैनन्। उनी आफैंले पार्टीलाई फुटको बाटो लैजान खोजिरहेका छन्।’ यस्तै अवस्था आयो भने नयाँ पार्टी निर्माणको बाटोमा समेत अघि बढ्नुपर्ने निष्कर्ष समेत निकालिएको उनले बताए। यद्यपि आफूहरू अझै पार्टी एकताको लागि नै पहल गर्ने पक्षमा रहेको उनको जिकिर छ।
एउटा प्रयोजनमा लिएको हस्ताक्षर बीच बाटोमै फिर्ता लिए मृत्युपत्रमा हस्ताक्षर गरेसरह हुने उनको भनाइ छ।‘एउटा प्रयोजनमा लिएको हस्ताक्षर बीच बाटोमै फिर्ता लिनु हुँदैन’, उनले भने,‘त्यो फिर्ता लिनु भनेको मृत्युपत्रमा हस्ताक्षर गरेसरह नै हो।’एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले मुद्दाको फैसला हुँदासम्म प्रमुख प्रतिपक्षीको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर ज जसको कायम रहन्छ ती नेतार कार्यकर्ता नहुने उद्घोष गरेका छन्।