चितवनमा पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना पुष्टि,२ को मृत्यु

July 3, 2021 3:01 pm

चितवन,असार १९
चितवनमा पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १६ हजार ५११ जना कोरोना संक्रमित भएकोमा १४ हजार ९९७ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार २२९ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २८५ पुगेको छ ।