थप २ हजार २९९ जनामा कोरोना पुष्टि, ३४ को मृत्यु

July 2, 2021 4:58 pm

काठमाण्डौ,असार १८
नेपालमा आज थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३४ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार ४५१ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ६ लाख ४२ हजार ५३ जना संक्रमित भएकोमा ६ लाख ३ हजार ६ सय जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ ।