
चितवन,असार १८
चितवनमा पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १६ हजार ४४५ जना कोरोना संक्रमित भएकोमा १४ हजार ९४१ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार २२० जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २८४ पुगेको छ ।