थप २ हजार ७६० जनामा कोरोना पुष्टि, ३३ को मृत्यु

July 1, 2021 5:20 pm

काठमाण्डौ,असार १७
नेपालमा आज थप २ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३३ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ हजार १७ जना कोरोनाबाट मुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ रहेको छ । नेपालमा अहिलेसम्म ६ लाख ४० हजार ६६२ जना संक्रमित भएकोमा ६ लाख १४९ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार १४५ पुगेको छ ।