चितवन,असार १७
चितवनमा निरन्तर वर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो गएपछि आज विहानदेखी सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकको पाँचकिलो भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । निरन्तर पानी परिरहेको र पहिरो जाने क्रम पनि नरोकिएकोले पहिरो हटाएर अबरुद्ध सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले वताए । निरन्तर पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकीएको कारण बाटो सञ्चालन हुन केही समय लाग्ने जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ ।