असार १६
नेकपा एमालेको १० औँ महाधिवेशन आयोजक कमिटी खारेज भएको छ। बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीलाई खारेज गर्दै केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको हो।
यो निर्णयसँगै अब एमालेमा पुरानै संरचना क्रियाशील हुनेछ। प्रवक्ता प्रदीप ज्ञवालीले केन्द्रीय कमिटीको बैठक असार १८ गतेका लागि डाकिएको जानकारी दिए। आज बसेको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ।
नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन्।
यस्तै बैठकले बरिष्ठ नेता झलनाथ खनालको शिघ्र स्वास्थ लाभको कामना गर्दै उपचार खर्च सरकारले जिम्मा लिएकोमा धन्यवाद दिने निर्णय पनि गरेको छ।