चितवन असार १६
चितवनमा जारी लकडाउन असार २४ गतेसम्म थप गरिएको छ । प्रमुख जिल्ला अधिधकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै निषेधाज्ञाको अवधि असार २४ गतेसम्म थपिएको हो । थपिएको निषेधाज्ञामा तीन पांग्रे अटो र ट्याक्सी सेवालाई खुकुलो बनाइएको छ । यस अघि थपिएको निषेधाज्ञा भोली बिहिबार सकिदै छ ।