द्वन्द्व प्रभावित बालबालिकालाई शैक्षिक सामग्री सहयोग

June 29, 2021 7:08 pm

चितवन १५ असार । कालिका नगरपालिकाको आर्थिक सहयोगमा सहीद स्मृति प्रतिष्ठान नेपालले नगर भित्रका द्वन्द्व प्रभावित परिवारका बालबालिकाहरुलाई मंगलवार शैक्षिक सामग्री सहयोग गरेको छ । द्वन्द्वबाट प्रभावित परिवारका ९५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको प्रतिष्ठानकी अध्यक्ष संगिता भट्टराईले जानकारी दिइन । बालबालिकालाई कापी,कलम र झोला वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा साँसद घनश्याम दाहाल,कालिकाका मेयर खुमनारायण श्रेष्ठले वालवालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । सो अबसरमा साँसद दाहालले जनयुद्ध र जनआन्दोलनका कारण मुलुकका आमुल परिर्वत भएको भन्दै परिर्वतनको लागि योगदान गरेका व्यक्ती र तिनका परिवारलाई राज्यले बेवास्था गर्न नहुने विचार ब्यक्त गरे । अहिले सम्म सोचे जति सहयोग भएको छैन उनले भने अब राज्य गम्भिर हुन जरुरी छ । मुलुक परिर्वनको लागि योगदान गरेका व्यक्ति र तिनका परिवारलाई स्थानीय सरकारले सहयोग गर्ने भन्दै मेयर श्रेष्ठले पूर्व लडाकुहरुको शरीरमा अझै गोलीका छर्रा रहेकाले त्यसलाई निकाल्न नगरपालिकाले सहयोग गर्ने बताए ।

प्रतिष्ठानकी अध्यक्ष भट्टराईले विद्रोही तथा राज्य पक्ष जुनसुकै भएपनि द्वन्द्वको पीडा उस्तै रहेको भन्दै दुबै पक्षका परिवारको आधारभूत आवश्यकताको लागि राज्यको सहयोग अनिवार्य रहेको बताइन । प्रतिष्ठानकी कोषाध्यक्ष तथा कार्यक्रम संयोजक सविता लामाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।