कालिकामा आधुनिक प्रणाली अनुसार रोपाइँ गर्दै धान दिवस मनाइयो

June 29, 2021 4:38 pm

अनिता अर्याल/चितवन,असार १५

आधुनिक प्रणाली अनुसार रोपाइँ गर्दै कालिका नगरपालिकामा १८ औं राष्ट्रिय धान दिवस मनाइएको छ ।“धान उत्पादनमा वृद्धि:खाद्य सुरक्षा,आत्मनिर्भरता र समृद्धि” भन्ने नारासहित नगरपालिकाले मंगलबार वडा नम्वर ६ मा आधुनिक प्रणाली अनुसार रोपाइँ गर्दै धान दिबस मनाएको हो । आधुनिक मेसिनबाट धान रोप्दै नगरप्रमुख खुमनारायण श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठले नगरपालिकाले कृषि समुहमा ट्रयाक्टर वितरण,अनुदानमा मल बिउ बितरण गरेको जानकारी दिदै प्रविधिको विकास भएसंगै अब नगरपालिकाले रोपाइँ गर्ने मेसिन खरिदमा पहल गर्ने वताए । उनले मेसिनको प्रयोग गर्दा कम लगानीमा बढी उत्पादन गर्न सकिने भएकोले आधुनिक मेसिनबाट कृषकलाई खेती गर्न प्रोत्साहन गर्ने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा सोही वडाका अध्यक्ष बिनोद रेग्मीले रोपाइँको लागि आबस्यक जनशक्ति पाउनै कठिन र पाएपनी धेरै मुल्य तिर्नुपर्ने वाध्यात्मक परिस्थीतीमा यो प्रबिधिले कृषकलाई राहत मिल्ने बताए ।

रोपाइँ कार्यक्रममा बोल्दै नगरपालिकाका कृषी शाखा प्रमुख शिवराज पौडेलले युवा शक्ति विदेश पलाएन भइरहेको वर्तमान अवस्थामा धान रोपाइँ गर्नको लागि जनशक्ति अभाव भएको वताउँदै आधुनिक प्रणाली अनुसार रोपाइँ गर्दा लागत पनि कम लाग्ने र उत्पादन पनि वढि हुने भएकोले नगरपालिकाले आगामी दिनमा आधुनिक प्रणालिवाट धान रोपाइँ गर्न जोड दिने वताए । सोही वडामा आधुनिक प्रविधिवाट कृषि पेशा गर्दै आएका युवा कृषक सुनिल ढकालले प्रविधिको प्रयोग गरेर कृषिमा क्रान्ति ल्याउन सकिने भन्दै सरकारले कृषकलाई कृषि पेशा गर्न प्रोत्साहन र साथ दिने हो भने युवा शक्ति कृषि पेशामा लाग्ने वताए ।

आधुनिक मेसिनका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड बछ्यौली र कस्टम हाइरिङ सेन्टरले सहजीकरण गरेको कार्यक्रममा नगर भित्रका जनप्रतिनिधि नगरपालिका कर्मचारी तथा कृषकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।