रत्ननगर : रत्ननगरमा रहेको बिलिभर्स इस्टर्न चर्चले रत्ननगर ९ र ११ का ३६ घर परिवारलाई खाद्यान्न सहयोग गरेको छ । कोभिड १९ कोरोना भाईरस संक्रमणका कारण पछिल्लो समयमा नेपाल सरकारले जारि गरेको निषेधाज्ञाका कारण बिहान बेलुकीको छाक टार्न समस्या भएका परिवार छनौट गरि राहत वितरण गरिएको बिलिभर्स इस्टर्न चर्च काठमान्डू डायोसिस जिल्ला नम्बर ५ का जिल्ला फादर आशिष गजमेरले जानकारी दिए ।
रत्ननगर ९ स्थित समावेसी टोल विकास संस्थाका १३ घरपरिवार र रत्ननगर ११ स्थित विश्वास टोलका २३ घर परिवारलाई प्रति परिवार २५ केजी जिरा मसिना चामल, १ लिटर तेल, २ केजी नुन, १ केजी दाल, हात धुने साबुन २ थान गरि प्रति परिवार रु २ हजार ५८ रुपैया बराबरको राहत हस्तान्तरण गरिएको थियो ।
राहत हस्तान्तरण कार्यक्रममा बोल्दै रत्ननगर ९ समाबेसी टोलका अध्यक्ष प्रेम बहादुर कुमाल, तथा रत्ननगर ११ विश्वास टोलका अध्यक्ष नवराज मगरले विपन्न वर्गको समस्या संग हातेमालो गर्दै घर आगनमै आएर खाधान्न हस्तान्तरण गरेकोमा बिलिभर्स इस्टर्न चर्च परिवारलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा स्थानिय डिकन फादर नबिन राई, अगुवा बिजय रसाईली, बिलिभर्स इस्टर्न चर्च टिकौलीकी कोषाध्यक्ष गीता चौधरी, स्थानिय टोल विकास संस्थाका पदाधिकारीहरु लगाएतको उपस्थिती थियो ।