
काठमाण्डौ,असार १४
नेपालमा आज थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४२ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार ८ सय ५३ जना कोरोनाबाट मुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ९५० रहेको छ । नेपालमा अहिलेसम्म ६ लाख ३५ हजार १८८ जना संक्रमित भएकोमा ५ लाख ८८ हजार १८७ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ ।