चितवनमा पछिल्लो २४ घण्टामा १३४ जनामा कोरोना पुष्टि,४ को मृत्यु

June 28, 2021 3:03 pm

चितवन,असार १४
चितवनमा पछिल्लो २४ घण्टामा १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । मृत्यु हुने २ जना चितवन मेडिकल कलेजमा,१ जना भरतपुर अस्पतालमा र १ जना कलेज अफ मेडिकल साइन्सेसमा उपचारको क्रममा ज्यान गएको हो । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १६ हजार ५३ जना कोरोना संक्रमित भएकोमा १४ हजार ६८५ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार ८७ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २८१ पुगेको छ ।