काठमाडौं ।
कोरोना खोपको मात्र पुरा गरेका हवाई यात्रु सिधै घर तथा गन्तब्यमा जान पाउने भएका छन । सरकारले पछिल्लो पटक जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ मा यस्तो प्रावधान समेटिएको छ ।
नयाँ प्रावधान अनुसार कोभिड १९ विरुद्धको खोपको मात्रा पुरा गरी खोप प्रमाणपत्र भएका र कोभिड १९ परीक्षण रिर्पोट नेगेटिभ भएका हवाई मार्गबाट आउने यात्रुलाई १० दिन स्वक्वारेन्टिनमा बस्ने गरि सिधै गन्तब्यस्थलमा जान अनुमति दिइने भएको छ ।
यस्ता यात्रुले विमानस्थलमा भरेको फारमका आधारमा स्थानीय सरकारले उनीहरु क्वारेन्टिन बसे(नबसेको अनुगमन गर्ने भएको छ । यसअघि विदेशबाट आउने सबै यात्रुले अनिवार्य होटेल क्वारेन्टिन बस्नुर्ने प्रावधान रहेको थियो ।
विदेशबाट आउने सबै यात्रुको साथमा भने ७२ घण्टा भित्रको पिसिआर परीक्षण गरि नेगेटिभ नतिजा आएको रिर्पोट साथमा बोक्नु पर्नेछ ।
सरकारले गन्तब्य तोकेर हवाई उडान सहज बनाएको छ । यससँगै विदेशमा खोप नलगाएपनि नेपाल आउने यात्रुले अब ७ दिन मात्र होटेल क्वारेन्टिन बसे पुग्नेछ । यसअघि यस्तो प्रावधान १० दिनको थियो ।
यात्रुले पीसीआर रिर्पोटसहित कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी०को वेवसाइटमा रहेको फारम भरेको यकिन भएका आधारमा एयरलाइन्स कम्पनीले जहाज चढाउन सक्ने छन् । तर, आफ्नो रीतिरिवाज अनुसार अन्तिम संस्कारमा भाग लिन आउने नेपाली यात्रुको हकमा भने स्थानीय तह वा सीसीएमसीको सिफारिसमा एन्टिजेन परीक्षण गरी नेगेटिभ रिर्पोट आएमा सिधै घर जान दिइने छ ।
निजले घरमा बसेको ११ औं दिनमा भने कोभिड १९ परीक्षण गर्नुपर्नेछ । अशक्त, दीर्घरोगी, फरक क्षमता भएका व्यक्ति र बिरामीको कुरुवा (कम्तिमा २ जना०लाई समेत अस्पतालको आधारितक कागजातका आधारमा एन्टिजेन परीक्षण गरि घर जान दिने भएको हो ।