माओवादी केन्द्रद्वारा बैठक अवरुद्ध ,मन्त्रीले माफी माग्नुपर्ने माग

June 28, 2021 1:21 pm

विराटनगर।
भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले प्रदेश १ को प्रदेशसभा वैठक अवरुद्ध गरेको छ ।

हिजो आइतबारको प्रदेशसभा बैठकमा मन्त्री गुरुङले माओवादी केन्द्रका सांसद मोहनबहादुर खड्कालाई व्यक्तिगत गालीगलौच गरेको भन्दै माफी माग्न माग गरेको हो ।
माओवादी केन्द्रका सांसदले बैठक अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठकम भोली मंगलबार दिउँसो १२ बजेसम्मका लागि स्थगित गरेका छन ।

,माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मन्त्रीले सांसदले प्रश्न उठाउन पाउँछन्,ा तर मन्त्रीको अभिव्यक्ति असंसदीय र अमर्यादित छ भन्दै बोलेको कुरा संसदको रेकर्डबाट मेटाउनुपर्ने माग गरे ।
माओवादी केन्द्रले संसद अवरुद्ध गर्ने बताएपछि मुख्यमन्त्री शेरधन राईले आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई माओवादी केन्द्रसँग छलफल गर्न पठाएका थिए । तर माओवादी केन्द्रले कार्कीसँग छलफल गर्न गर्न मानेन ।

छलफल अघि मुख्यमन्त्री राईले माओवादी केन्द्र संसदीय दलका नेता आङ्बोलाई टेलिफोन गर्दै सांसद खड्का र मन्त्री गुरुङ दुबैलाई माफी मगाउन प्रस्ताव गरेपछि माओवादी केन्द्रले मन्त्री कार्कीसँग छलफल नगरेको हो ।