चितवनमा पछिल्लो २४ घण्टामा ३९ जनामा कोरोना पुष्टि,२ को मृत्यु

June 27, 2021 3:46 pm

चितवन,असार १३
चितवनमा पछिल्लो २४ घण्टामा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । मृत्यु हुने २ जनाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १५ हजार ९२० जना कोरोना संक्रमित भएकोमा १४ हजार ६२७ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार १४ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २७९ पुगेको छ ।