थप २ हजार १६ जनामा कोरोना पुष्टि,३० को मृत्यु

June 26, 2021 5:25 pm

काठमाण्डौ,असार १२
नेपालमा आज थप २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ हजार ९ सय १४ जना कोरोनाबाट मुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको छ । नेपालमा अहिलेसम्म ६ लाख ३२ हजार ३२६ जना संक्रमित भएकोमा ५ लाख ८१ हजार ३२७ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ८ हजार ९७५ पुगेको छ ।