
सप्तरी ।
जनता समाजवादी पार्टिका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनस्र्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन ।
आजलशनिबार सप्तरीमा पत्रकारसँग कुरा गर्दै उनले सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराउन परमादेश जारी गर्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष यादवले सरकारले कुनै माग पूरा नगर्दा पनि जसपाका कतिपय नेताहरु सरकारमा गएको टिप्पणी गरे । ‘कसैको मुद्दा फिर्ता भएको छैन, कुनै माग पूरा भएको छैन’ अध्यक्ष यादवले भने, ‘केपी ओलीले त मधेशको माग सुन्नै चाहेका छैनन ।
मधेशको माग जनसंख्याको आधारमा समावेशी समानुपातिक प्रतिनिधित्व, भाषाको अधिकार, ७ प्रदेशको सट्टा गरी १० जोड १ प्रदेशको अवधारणा ल्याउने भएपनि कुनै माग पूरा नभएको बताए ।
नागरिकताको विषयमा प्रधानमन्त्री ओलीले ठूलो खेल खलेको यादवले आरोप लगाए । संसदमा टेबुल भइसकेको नागरिकलेता विधेयकलाई संसदभित्रै पारित नगराई आफ्नै मान्छे लगाएर खारेज गर्न लगाएको भन्दै आक्रेस पोखे ।’
‘राजनीतिमा केही पनि असम्भव नभएको भन्दै उनले उहाँहरु बाटो परिवर्तन गरेर अग्रमगमनको बाटोमा आई आत्मोलचना गरे पार्टीमा रहन सक्ने बताए ।