चितवनमा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना पुष्टि,६ को मृत्यु

June 26, 2021 2:49 pm

चितवन,असार १२
चितवनमा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ । मृत्यु हुने ६ जना मध्य ५ जनाको भरतपुर अस्पतालमा र १ जनाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १५ हजार ८८१ जना कोरोना संक्रमित भएकोमा १४ हजार ५७६ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार २६ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २७९ पुगेको छ ।