
काठमाण्डौ,असार ११
नेपालमा आज थप २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २७ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार ४ सय ५५ जना कोरोनाबाट मुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ । नेपालमा अहिलेसम्म ६ लाख ३१ हजार १५२ जना संक्रमित भएकोमा ५ लाख ७६ हजार ४१३ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ८ हजार ९४५ पुगेको छ ।