चितवन,असार ११
रत्ननगर नगरपालिका भित्रका महिला स्वास्थ्य स्वयंम सेविकाहरुलाई वालमैत्री तथा वालश्रम मुक्त गर्न आवश्यक पर्ने सुचकका विषयमा प्रशिक्षण दिइएको छ । महिला,वालवालिका तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको सो कार्यक्रममा वालमैत्री वडा तथा नगर निर्माण गर्नुपर्ने ३९ वटा सुचकको विषयमा प्रशिक्षण दिइएको हो ।
वडाहरुलाई वालमैत्री तथा वालश्रम मुक्त घोषणा सुरु गरिसकेको सो नगरपालिकाले स्वास्थ्य सम्बन्धी सुचक प्राप्तीमा महिला स्वास्थ्य स्वयंम सेविकाको भूमिका र जिम्मेवारीको बारेमा जानकारी गराउन कार्यक्रम गरिएको महिला विकास अधिकृत दीपा घिमिरेले जानकारी दिइन । ३१ जना महिला स्वास्थ्य स्वयंम सेविकाहरुको सहभागिता रहेको सो कार्यक्रममा महिला विकास अधिकृत घिमिरेले ३९ वटा सुचक र स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले स्वास्थ्यसंग सम्बन्धित सुचकहरुको बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा उपमेयर विमला दुवाडीले वडा हुँदै नगरलाई बालमैत्री तथा वालश्रम मुक्त घोषणा गर्ने अभियान अन्तर्गत श्रमिक वालवालिकाको उद्दार,शिक्षा र परिवारको आयआर्जनका कामहरु भइरहेको बताइन ।
वालश्रम न्यूनीकरण गर्दै वालमैत्री नगर बनाउन आवश्यक पर्ने जनचेतना मुलक कार्यक्रमलाई समेथ नगरपालिकाले उत्तिकै महत्व दिएर काम गरिरहेको उनले बताइन । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,सामाजिक विकास समितिका संयोजक केशव आचार्य,शिक्षा शाखा प्रमुख बद्रिनारायण शर्मा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा महिला विकास निरीक्षक रञ्जना पौडेल,सहायक महिला विकास निरीक्षक जयन्ती रानाभाटले व्यवस्थापनको काम गरेका थिए ।