चितवनमा पछिल्लो २४ घण्टामा ८६ जनामा कोरोना पुष्टि, २ को मृत्यु

June 25, 2021 2:49 pm

चितवन,असार ११
चितवनमा पछिल्लो २४ घण्टामा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । मृत्यु हुने २ जनाको भरतपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १५ हजार ८३७ जना कोरोना संक्रमित भएकोमा १४ हजार ५३८ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार २३ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २७६ पुगेको छ ।