रत्ननगर,असार १०
रत्ननगरका मेलमिलापकर्तालाई समाजमा रहेको कुरीति,कुप्रथा,लैङ्गिक हिंसा,मानव बेचविखन तथा ओसारपसार विरुद्ध प्रशिक्षण दिइएको छ । रत्ननगर नगरपालिका महिला,बालवालिका तथा ज्येष्ठ नागरिक शाखाले महिलाहरुलाई आइपर्ने कानुनी जटिलताको विषयमा जानकारी गराउने उद्देश्यले मेलमिलापकर्तालाई प्रशिक्षण दिइएको हो । कार्यक्रममा अधिबक्ता फुलमाया रानाभाटले कुरीति,कुप्रथा,लैङ्गिक हिंसा,मानव बेचविखन तथा ओसारपसारका विषयमा कानुनी उपचार तथा अधिकारकर्मी मीना खरेलले लैङ्गिक हिंसाको अबस्था,न्यूनीकरणको लागि भएको प्रयास र उपलब्धीका विषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा उपमेयर विमला दुवाडीले लैङ्गिक असमानताको अन्त्य अझै भइनसकेको बताइन । लैङ्गिक असमानताको अन्त्य हुँदैन उनले भनिन् यसलाई न्यूनीकरण गर्दै लैजाने हो । प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पारेका थिए । महिला विकास अधिकृत दीपा घिमिरेले सञ्चालन गरेको सो कार्यक्रममा ४० जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको थियो ।