
काठमाण्डौ,असार १०
नेपालमा आज थप २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार ५ सय १८ जना कोरोनाबाट मुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ रहेको छ । नेपालमा अहिलेसम्म ६ लाख २९ हजार ४३१ जना संक्रमित भएकोमा ५ लाख ७० हजार ९५८ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ८ हजार ९१८ पुगेको छ ।