सपना भिलेजद्वारा भरतपुर अस्पताललाई मेडिकल किट हस्तान्तरण

June 24, 2021 5:01 pm

रामु आचार्य, असार १०
चितवन : कोभिड १९ कोरोना भाईरसको प्रकोप पछिल्लो दिनमा कहिले घट्ने कहिले बढ्ने रुपमा रहेको छ । यस्तोमा आर्थिक अवस्था कमजोर रही अस्पतालमा रहेका कोभिड १९ का बिरामीहरुले कोभिड १९ उपचारमा आवश्यक पर्ने सामाग्री खरिद गर्न नसकेको जानकारी प्राप्त भए संगै सपना भिलेज सोसियल इम्प्याक्टले भरतपुर अस्पताल लाई २० थान मेडिकल किट हस्तान्तरण गरेको छ ।
भिलेजले भरतपुर अस्पतालका कोभिड संयोजक डाक्टर प्रमोद पौडेल संग समन्वय गरी कोभिडका बिरामीलाई आवश्यक पर्ने सम्पूर्ण स्वास्थ्य सामाग्री समेटेको हो ।

मेडिकल किट प्याकमा एजेथ्रो माईथिन ५०० पाच थान, कोडोपार १० थान, फ़ोटिफ्लेक्स २० थान, इन्जेक्सन वेक्सोना १० थान, इमेक्सोप्यारेण्ट ४० एम जी १० थान, सर्जिकल माक्स ५ थान, ग्लोव्स ४ थान, सेनिटाईजर १०० एम एल एक थान र पेण्टाप्राजल इन्जेक्सन १० थान हस्तान्तरण गरिएको सपना भिलेजका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए । आर्थिक अभाव भएका कोभिड्का बिरामीहरु थपिएर माग बढेमा सपना भिलेजले पुन: मेडिकल किट हस्तान्तरणको कार्यक्रम राखी सहयोग गरिने समेत उनले बताए ।

कोभिड संक्रमण भएका कतिपय गरिव बिरामीहरुले औषधिकै अभावमा समेत ज्यान गुमाउनु परेको कतिपय अवस्था देखिएको भन्दै भरतपुर अस्पतालका कोभिड संयोजक डाक्टर प्रमोद पौडेलले सपना भिलेजले सहि समयमा सहि सहयोग गरेको भन्दै सपना भिलेजलाई धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै कोभिडका बिरामीहरुको अवस्थालाई मध्यनजर गर्दै सामाजिक उत्तदायित्व बहन गर्दै अत्यावश्यक औषधि हस्तान्तरण गरेकोमा आफुहरुले त्यसलाई सहर्ष स्वीकार गर्दै आगामी दिनमा समेत हातेमालो गर्दै अगाडी बढ्नुपर्ने भरतपुर अस्पतालका प्र मे सु डा. रोशन न्यौपानेले बताए । कार्यक्रम भरतपुर अस्पतालका बरिष्ठ हाडजोर्नी रोग विषेशज्ञ एवं सपना भिलेजका बोर्ड अफ डाईरेक्टर प्रोफेसर डाक्टर कृष्ण प्रसाद पौडेलले संचालन गरेका थिए ।

कोभिड १९ को संक्रमण सुरु भएको दोश्रो चरणमा सपना भिलेजको भरतपुर अस्पताललाई यो तेश्रो सहयोग हो ।

त्यस्तै आज नै सपना भिलेजले रत्ननगर ८ र बकुलहर रत्ननगर अस्पताललाई १/१ थान अक्सिजन कन्सनटेटर हस्तान्तरण समेत गरेको छ । यो संगै सपना भिलेजले चितवन जिल्लामै हाल सम्म ५ थान अक्सिजन कन्सनटेटर हस्तान्तरण गरिसकेको छ ।