चितवनमा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

June 24, 2021 3:32 pm

चितवन,असार १०
चितवनमा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्य २ जनाको भरतपुर अस्पताल र १ जनाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १५ हजार ७५१ जना कोरोना संक्रमित भएकोमा १४ हजार ४३१ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार ४६ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २७७ पुगेको छ ।