फेरि वढ्यो पेट्रोलियम पदार्थको मूल्य

June 23, 2021 9:38 pm

काठमाडौं,असार ९
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्यमा २ रुपैयाँले वृद्धि गरेको हो ।अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धन आन्तरिक उडान मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन अन्तर्राष्ट्रिय उडानमा प्रति किलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने निर्णय निगमले गरेको छ । गत जेठ २२ गते निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धन आन्तरिकको साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो ।