
काठमाण्डौ,असार ९
नेपालमा आज थप २ हजार ४२१जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार ५ सय ५८ जना कोरोनाबाट मुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ । जसमध्ये ४७२४६ जना होम आइसोलेसनमा र ३ हजार २३४ जना होम आइसोलेसनमा रहेका छन् । कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको जसमध्ये पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो भने बाँकी २९ जना भने विगतको तथ्यांकमा समावेश नभएका मृत्यु रहेको मन्त्रालयले जनाएको छ।