चितवनमा पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना पुष्टि

June 23, 2021 2:36 pm

चितवन,असार ९
चितवनमा पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १५ हजार ६५४ जना कोरोना संक्रमित भएकोमा १४ हजार १८२ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार २ सय जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २७२ पुगेको छ ।