असार ९ , चितवन
चितवनमा निषेधाज्ञा केहि खुकुलो वनाउदै असार १७ सम्म थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सुचना जारी गर्दै निषेधाज्ञालाई केहि खुकुलो बनाउँदै थप गर्ने निर्णय गरेको हो । प्रशासनले जारी गरेको सुचनामा निजी सवारी साधन जोर विजोर प्रणाली अनुसार सञ्चालन हुने छ भने हप्ताको तिन दिन केहि पसल सञ्चालन गर्न पाउने गरी असार १७ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा थपिएको छ । अब असार १० गते राति १२ बजेपछि जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका सवारी साधन सञ्चालन हुन पाउने छन् । यसरी सञ्चालन हुने निजी सवारी साधन सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु रहनेगरी सञ्चालन गर्न पाइने छ । भाँडा, कपडा, फेन्सी, कस्मेटिक तथा गिफ्ट, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सुनचाँदि, फर्निचर, अटोमोबाइल, मोटरपार्टस्, जुत्ता चप्पल, टेलरिङ र प्रेस तथा फोटोकपी पसलहरु हप्ताको आइतबार, मंगलबार र बिहिबार दिउँसो १२ बजेदेखि ४ बजेसमम्म मात्रै सञ्चालन हुन पाउने छन् । होटल रेष्टुरेन्ट तथा मिठाइ पसलले बेलुका ६ बजेसम्म मात्रै टेकअवे सेवा सञ्चालन गर्न पाउने छन् ।