
काठमाण्डौ,असार ८
नेपालमा आज थप ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ हजार ९५४ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म आठ हजार आठ सय १३ जनाको ज्यान गएको छ । अहिले नेपालमा ५२ हजार ६ सय ४८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।