चितवनमा पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना पुष्टि, ४ को मृत्यु

June 22, 2021 2:22 pm

चितवन,असार ८
चितवनमा पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै ४ जनाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको हो । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १५ हजार ५१८ जना कोरोना संक्रमित भएकोमा १४ हजार ६ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार २४२ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या २७० पुगेको छ ।